काठमाडौं । नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेडको १०औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । कम्पनीले सोमबार नेपाल एसबिआई बैंक लिमिटेडको प्रधान कार्यालय, कमलादी, काठमाडौंमा वार्षिक साधारणसभा सम्पन्न गरेको हो ।
सभाले कम्पनीको आव २०८१/८२को सञ्चालक समितिको प्रतिवेदन, वार्षिक आर्थिक विवरण (असार मसान्त २०८२को वासलात, आव २०८१/८२को नाफानोक्सान हिसाबलगायत वार्षिक आर्थिक विवरणसँग सम्बन्धित अनुसूचीहरु समेत) पारित गरेको छ । सभाले कम्पनीका सेयरधनीलाई चुक्ता पुँजीमा २५ प्रतिशतका दरले हुन आउने पाँच करोड रुपैयाँबराबरको नगद लाभांश (नगद लाभांशमा लाग्ने करसहित) वितरण गर्ने प्रस्ताव समेत पारित गरेको छ ।
सभाले आव २०८२/८३को कम्पनीको लेखापरीक्षण गर्नका लागि मेशर्स एपी एन्ड एसोसियट्स, चाटर्ड एकाउन्टेन्ट्सलाई लेखापरीक्षकमा नियुक्ति गरी निजको पारिश्रमिक समेत निर्धारण गरेको छ ।