काठमाडौं ।नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिइएको छ।नेपाली कांग्रेस केन्द्रीय कार्यालय सानेपामा सोमबार सुरु भएको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै सभापति शेरबहादुर देउवाले स्वास्थ्य समस्याका कारण आफू उपस्थित हुन नसक्ने जनाउँदै उपसभापति खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी तोकेका हुन । बैठकको सुरुआतमा सभापति देउवाले संक्षिप्त सम्बोधन गरेपछि यही असोज ३० गते दिउँसो १ बजे बस्नेगरी बैठक स्थगित गरिएको कांग्रेस स्रोतले जनाएको छ। सो बैठकमा वर्तमान केन्द्रीय समितिका पदाधिकारी, केन्द्रीय सदस्य तथा आमन्त्रित केन्द्रीय सदस्यहरूको उपस्थिति रहेको थियो।