काठमाडौं । मन्जुश्री फाइनान्स लिमिटेडले आफ्नो सहयात्राको अठारौँ वर्ष सफलतापूर्वक पार गरेको जानकारी दिएको छ । फाइनान्सले यस वार्षिकोत्सवको उपलक्ष्यमा आफ्ना सम्पूर्ण देशविदेशमा रहेका ग्राहकहरू, शुभेच्छुक, सेयरधनी, नियमनकारी निकाय तथा सम्पूर्ण कर्मचारीहरूप्रति हार्दिक आभार व्यक्त गरेको छ ।
ग्राहकहरुको अटुट साथ, माया र विश्वासले नै यो १८ वर्षे यात्रा सफल, सुदृढ र सार्थक बनेको भन्ने फाइनान्स कम्पनिको विश्वास रहेको छ । यो सहयात्राको सम्बन्ध नै आफ्नो सबैभन्दा ठूलो पुँजी हो भन्ने मान्यता फाइनान्सको रहेको छ । हालसम्म करिब २३ अर्ब निक्षेप संकलन गरी करिब १९ अर्ब २० करोड रुपैयाँ कर्जा परिचालन गरेको फाइनान्सले निक्षेपमा आकर्षक ब्याजदर तथा सुलभ दरमा कर्जा प्रवाह गर्दै आइरहेको छ । फाइनान्सले हालसम्म २७ वटा शाखाका साथै एउटा विस्तारित काउन्टरबाट आफ्नो ग्राहकहरुलाई उत्कृष्ट बैंकिङ सेवा उपलब्ध गराइरहेको छ । हालको मितिसम्म एक लाख ५५ हजारभन्दा बढी सन्तुष्ट ग्राहकहरुलाई सेवा पु¥याउँदै आइरहेको मन्जुश्री फाइनान्स, देशकै अग्रणी फाइनान्स कम्पनीको रुपमा रहेको छ ।
आउँदा दिनमा पनि ग्राहकको यही विश्वासलाई कायम राख्न, सेवालाई निरन्तररुपमा नविनतम बनाउन र ग्राहकवर्गको वित्तीय आवश्यकताहरू साकार पार्न अझ बढी समर्पित रहन्छौ भन्ने प्रण फाइनान्सले गरेको छ ।