काठमाडौं । नेपाल राष्ट्र बैंकले पोखरा फाइनान्स लिमिटेड र समृद्धि फाइनान्स लिमिटेडलाई गाभिनका लागि स्वीकृति दिएको छ ।
फाइनान्सले गाभ्ने/गाभिने सम्झौता सम्पन्न गरी सैद्धान्तिक सहमति (एलओआई)का लागि राष्ट्र बैंकमा आवेदन दिएकोमा असोज २७ गते स्वीकृति दिइएको राष्ट्र बैंकको भनाइ छ । राष्ट्र बैंकका अनुसार आगामी तीन महिनाभित्रै आ–आफ्नो साधारणसभाबाट विशेष प्रस्ताव पारितसहित आवश्यक प्रक्रिया पूरा गरी अन्तिम स्वीकृतिका लागि पेस गर्ने सर्तसहित मर्जरको लागि सैद्धान्तिक सहमति दिइएको हो । मर्जरको लागि यी दुई संस्थाबीच एक बराबर एक अर्थात् १ः१ को सेयर स्वाप रेसियो कायम हुने सहमति भएको छ ।