प्रतिनिधिसभा विघटन र अन्तरिम सरकार खारेजीको माग गर्दै बुधबार सर्वोच्च अदालतमा १० वटा रिट दर्ता भएका छन्। सर्वोच्च अदालतले ती रिटमा छठपछि मात्रै पेशी तोकिएको र सुनुवाई हुने जनाएको छ। दर्ता भएका रिटमा युवराज पौडेल ‘सफल’ लगायतका व्यक्तिहरूले प्रतिनिधिसभा विघटन गरेर अन्तरिम सरकार गठन गर्नु संवैधानिक व्यवस्था विपरित भएको भन्दै न्यायिक हस्तक्षेपको माग गरेका छन्। प्रवक्ता कोइरालाका अनुसार, ती निवेदन मंगलबार पेश भएका थिए र आवश्यक अध्ययनपछि सबै रिट दर्ता गरिएको हो।