काठमाडौं  । तेह्रथुम पावर कम्पनीले वार्षिक साधारणसभाको आह्वान गरेको छ । कम्पनीले यही कात्तिक १७ गते आफ्नो आठौँ वार्षिक साधारणसभा गर्न लागेको हो । काठमाडौंको बत्तीसपुतलीमा हुने उक्त वार्षिक साधारणसभामार्फत कम्पनीले गत आर्थिक वर्षको वित्तीय विवरणलगायतका प्रस्तावहरू पारित गर्ने तयारी गरेको छ ।