काठमाडौं । नेपाल बैंक र लिफ प्लसबिच सम्झौता भएको छ । बैंकमा कार्यरत कर्मचारीहरू र बैंकमा खाता रहेका ग्राहकहरूलाई काठमाडौंको शंखमुलस्थित लिफ प्लस प्रालिले उत्पादन गरेको पर्यावरणमैत्री प्राकृतिक सुपारीको पातबाट निर्मित घरायसी सामानका वस्तुहरू जस्तै प्लेट, कचौरा, थाल, चम्चा, आदि कम्पनीको वेभसाइट र ह्वाट्स अप नम्बर ९८०१८७०२०८ वा ९८०२३४४१७८ मार्फत खरिद गर्दा लाग्ने शुल्कमा नेपाल बैंकको मोबाइल बैंकिङ एपबाट रकम भुक्तानी गर्दा बिल रकममा २० प्रतिशतसम्म छुट हुने व्यवस्था गरिएको बैकले जानकारी दिएको छ ।