काठमाडौं । ‘मिस एन्ड मिसेस नेपाल इन्टरनेसनल वर्ल्ड २०२५’ को ग्रान्ड फिनाले काठमाडौंमा सम्पन्न भएको छ । राजधानीको नेपाल प्रहरी क्लब, भृकुटीमण्डपमा सौन्दर्य, प्रतिभा र महिला सशक्तीकरणलाई प्रोत्साहन गर्ने उद्देश्यले उक्त कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा मिसेसतर्फ चन्दु बलामीले शीर्ष उपाधि जितिन् भने सरु कार्की फस्र्ट रनरअप र डा. मीना प्रधान सेकेन्ड रनरअप बने । मिसतर्फ अधिका कुमारी थापा मगर विजेता घोषित भइन् भने प्रेक्षा श्रेष्ठ फस्र्ट रनरअप रहिन् । त्यसैगरी, विधागत उपाधिहरूमा रञ्जु कार्कीले ‘पब्लिक च्वाइस अवार्ड’, युनिसा राईले ‘भ्युअर्स च्वाइस अवार्ड’, र सानु शेर्पाले ‘मेनेजमेन्ट च्वाइस अवार्ड’ जितेका थिए ।
सामरी इन्टरनेसनलको आयोजना र एमकेएम फेसन हाउसको सहकार्यमा आयोजित कार्यक्रममा पूर्वसांसद छिरिङ ल्हामु लामा (तामाङ), एनआरएनएका पूर्वअध्यक्ष विनोद कुँवर र सेफ एसोसिएसन अफ नेपालका अध्यक्ष रेशमकुमार लामा तामाङ, कलाकार, समाजसेवी, उद्यमी र विभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्तित्वहरूको सहभागिता रहेको थियो । प्रतियोगिताले नेपाली महिलाको सौन्दर्यसँगै उनीहरूको सशक्तीकरण र सांस्कृतिक गौरवलाई विश्व मञ्चमा उजागर गर्ने लक्ष्य राखेको छ ।