काठमाडौं । अन्ततः शेयर बजार परिसुचक नेप्से २५ सय बिन्दुबाट पनि तल झरेको छ । अघिल्लो दिन २२ दशमलव ५८ अंकले खुम्चिएको नेप्से परिसुुचक साताको अन्तिम कारोबार दिन आज बिहिबार पनि १८ दशमलव ४० अंकले ओरालो लागेपछि २४ सय ८७ दशमलव १७ बिन्दुमा खुम्चिएको हो ।
यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव ७३ अंकले ओरालो लागेर चार सय ३५ दशमलव २९ बिन्दुमा खुम्चिएको छ । धितोपत्र बजारमा आज तीन सय ११ वटा कम्पनीहरुको ३६ हजार पाँच सय ३१ पटकको कारोबारमा ७६ लाख ४३ हजार छ सय ३५ कित्ता शेयर खरिद बिक्री भएका छन् । जसबाट आज कुल कारोबार रकम तीन अर्ब २७ करोड ५४ हजार आठ सय ६४ रुपैंयाँ कायम भएको छ ।
धितोपत्र बजारमा आज १३ वटा उपसमुहहरुको शेयर कारोबार भएका छन् । जसमध्ये बैंकिङ उपसमुहको सुचक शुन्य दशमलव ३३ अंकले उकालो लागेर १३ सय ३७ दशमलव ६९ बिन्दुमा चढेकोमा सामुहिक लगानी कोष उपसमुहको सुचक शुन्य दशमलव शुन्य चार अंकले उकालो लागेको छ । यि बाहेक बिकास बैंक, फाईनान्स, जलबिद्युत, जीवन बीमा, निर्जीवन बीमा सहितका ११ वटा उपसमुहहरुको सुचक भने ओरालो लागेका छन् ।