काठमाडौँ । आज शुक्रबार सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले शुक्रबार सुन प्रतितोला दुई लाख ५८ हजारमा कारोबार हुने जनाएको छ ।

बिहीबार सुन प्रतितोला दुई लाख ५० हजारमा कारोबार भएको थियो । अन्तरराष्ट्रिय बजारमा शुक्रबार सुन प्रतिऔँस चार हजार ३६० अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ ।