काठमाडौं । मन्जुश्री फाइनान्स लिमिटेडको १८औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । फाइनान्सको शुक्रबार सम्पन्न सभाले आर्थिक वर्ष २०८१÷०८२को लागि प्रस्तावित १५ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने निर्णय पारित गरेको छ । हाल चुक्ता पुँजी एक अर्ब ३५ करोड १५ लाख ५२ हजार आठ सय ४८ रुपैयाँ फाइनान्स देशकै फाइनान्स कम्पनीहरुमध्ये सबैभन्दा बढी चुक्ता पुँजी भएको फाइनान्स रहेको छ ।
हालसम्म करिब २३ अर्ब निक्षेप संकलन गरी करिब १९ अर्ब ५० करोड रुपैयाँ कर्जा परिचालन गरेको फाइनान्सले निक्षेपमा आकर्षक ब्याजदर तथा सुलभ दरमा कर्जा प्रवाह गर्दै आइरहेको छ । फाइनान्सले हालसम्म २७ वटा शाखाका साथै एउटा विस्तारित काउन्टरबाट आफ्नो ग्राहकहरुलाई उत्कृष्ट बैंकिङ सेवा उपलब्ध गराइरहेको छ । हालको मितिसम्म एक लाख ६० हजारभन्दा बढी सन्तुष्टि ग्राहकहरुलाई सेवा पुर्याउँदै आइरहेको मन्जुश्री फाइनान्स, देशकै अग्रणी फाइनान्स कम्पनीको रुपमा रहेको छ ।