काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले म्यामोग्राफी मेसिन खरिद प्रकरणमा मिलेमतो, झुट्टा प्रतिवेदन र गलत बिल तयार गरी सरकारी कोषबाट करिब १४ करोड रुपियाँ हिनामिना गरेको ठहर गर्दै स्वास्थ्य सेवा विभागकी तत्कालीन महानिर्देशक डा. सङ्गीता कौशल मिश्रासहित १४ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।
आ.व. २०८०/८१ मा स्वास्थ्य सेवा विभागले म्यामोग्राफी मेसिन खरिद गर्दा लागत अनुमान तयार गर्ने चरणदेखि नै मिलेमतो भएको प्रमाण फेला परेको आयोगले जनाएको छ। आयोगका अनुसार ठेक्केदारलाई अनुचित लाभ पुर्याउन विभागका तत्कालीन अधिकारी र आपूर्तिकर्ता बिच पूर्वसम्झौता भएको देखिएको छ।