चितवन : जिल्लाका विभिन्न स्थानमा जुवा खेल्दै आएका २१ जना व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेकाहरूमाथि मुद्दा दर्ता गरी कानुनी कारबाही प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरी निरीक्षक दीपक रिजालका अनुसार पक्राउ परेकाबाट नगद रु तीन लाख ६१ हजार २१० बरामद गरिएको छ । उनका अनुसार उनीहरूलाई मुलुकी अपराध संहिता दफा १२५ अनुसार कारबाही अघि बढाइएको हो । सूचनाका आधारमा प्रहरी टोलीले उनीहरूलाई भरतपुर र खैरहनी क्षेत्रबाट पक्राउ गरिएको हो ।