काठमाडौं । विराटनगर किङ्सले नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो सिजनका लागि अस्ट्रेलियाका अलराउन्डर साम हेजलेटलाई अनुबन्ध गरेको छ ।
हेजलेटले अस्ट्रेलियाको यु– १९ टिमबाट एक अन्तर्राष्ट्रिय एकदिवसीय खेलेका छन् । उनले अस्ट्रेलियाको बिग ब्यासमा ब्रिसबेन हिट र होबर्ट हुरिकेन्स खेलेका छन् । उनले खेलहरुमा उत्कृष्ट स्ट्राइक रेट साथ प्रदर्शन गर्दै आएका छन् । उनीसँग ५०भन्दा बढी बिग ब्यासमाथि लिग म्याच खेलेको अनुभव रहेको छ । उनको आगमनले विराटनगर किङ्सको मध्यक्रम थप बलियो हुने विश्वास लिइएको छ । उनको अनुभव, सुझबुझ ब्याटिङ शैली र खेल बुझ्ने क्षमताबाट टोलीमा नयाँ ऊर्जा र आत्मविश्वास गुणस्तर थपिने अपेक्षा गरेको छ ।
विराटनगर किङ्सले यसअघि स्कटल्यान्डका ब्याट ओपनर जोर्ज मुन्सीलाई पनि टिममा आबद्ध गरिसकेको छ । टिमले सन्तुलित संयोजनका साथ आगामी सिजन उपाधि जित्ने लक्ष्यसहित तयारी तीव्र गतिमा अगाडि बढी रहेको जनाएको छ ।