वासिङटन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार गाजा शान्ति सम्झौतामा प्रमुख सहयोगी कतारका अमिर र प्रधानमन्त्रीसँग भेटवार्ता गरेका छन् ।
कतारका शीर्ष अधिकारीहरू नेता ट्रम्पलाई कतारमा स्वागत गर्न एयर फोर्स वन अवतरण गर्ने हजारौँ अमेरिकी सैनिकको क्षेत्रीय मुख्यालय रहेको अल उदेइद एयर बेसमा अवतरण गर्नेछन् ।
गत जनवरीमा राष्ट्रपति ट्रम्पले कार्यभार सम्हालेपछि पहिलोपटक एसियाको भ्रमण गर्न लागेका हुन् । राष्ट्रपति ट्रम्पको दुई क्षेत्रीय शिखर सम्मेलनमा सहभागी हुने र चीनका राष्ट्रपति सी जिनपिङ र अन्य एसियाली नेताहरूसँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ ।
यसपहिले घोषणा नभएको कतार बैठकमा अमेरिकी विदेशमन्त्री मार्को रुबिओ पनि सहभागी हुनेछन् । गाजा युद्धविरामलाई सही मार्गमा हिँडाउन वासिङ्टनको पूर्ण कूटनीतिक दबाबको एक भागको रूपमा इजरायलको भ्रमणपछि उहाँ कतार प्रस्थान गरेका हुन् ।
युद्ध सुरु भएदेखि नै कतारले इजरायल र हमासबीच अप्रत्यक्ष वार्तामा मध्यस्थताको महत्वपूर्ण भूमिका खेलेको छ। कतार, इजिप्ट, संयुक्त राज्य अमेरिका र टर्कीसँगै शान्ति सम्झौताको मध्यस्थकर्ताहरू मध्ये एक हो ।
कतारका अमिर शेख तमिम बिन हमाद अल थानीले यस हप्ता टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानलाई गाजामा सुरक्षा बलको स्थापना र हमासको भविष्यसहित सम्झौताको अति संवेदनशील अर्को कदमबारे छलफल गर्न आमन्त्रण गरेका छन् ।
कतारका प्रधानमन्त्री शेख मोहम्मद बिन अब्दुलरहमान अल थानी हमासको सन् २०२३ अक्टोबर ७ मा इजरायलमा भएको आक्रमणपछि गाजामा युद्ध सुरु भएदेखि नै एक प्रमुख मध्यस्थकर्ता रहेका छन् । रासस/एएफपी