काठमाडौं : प्रधानमन्त्री सुशीला कार्कीले लामो समयपछि मन्त्री नियुक्त गर्न लागेकी चार मध्ये दुई जनाले मात्र शपथ लिएका छन् । मन्त्रीमा नियुक्तीको लागि सिफारिस गरिएको चार मध्ये खगेन्द्र सुनार र गणपतिलाल श्रेष्ठको विषयमा विभिन्न विवादास्पद विषयहरु बाहिरिएपछि उनीहरुलाई रोकेर डा. सुधा शर्मा र बब्लु गुप्ताले मात्र मन्त्रीको शपथ लिएका हुन् । प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेल नियुत्तः गरेका डा. शर्मा लाई स्वास्थ्य तथा जनसंख्या गुप्तालाई युवा तथा खेलकुद मन्त्रालयको जिम्मा दिइएको छ । यसअगि अन्तिम समयमा आएर नाम रोकिएको सुनारलाई श्रम र श्रेष्ठलाई भूमिसुधार मन्त्रीको रुपमा प्रधानमन्त्री सिफारिस गरेकी थिइन् ।