काठमाडौं । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षमा झण्डै १४ करोड रुपैयाँ खुद मुनाफा कमाएको छ । संस्थाले उक्त अवधिमा १३ करोड ८२ लाख ४४ हजार एक सय ४५ रुपैयाँ खुद मुनाफा कमाएको हो । अघिल्लो आवमा भने संस्थाले पाँच करोड ६९ लाख ४७ हजार एक सय ३५ रुपैयाँ खुद मुनाफा कमाएको थियो ।
संस्थाको हाल चुक्ता पुँजी एक अर्ब १० करोड ६२ लाख ८६ हजार दुई सय ९६ रुपैयाँ रहेको छ । संस्थाले गत गत आवमा पाँच अर्ब ५२ करोड ६० लाख सात हजार दुई सय तीन रुपैयाँ निक्षेप संकलन गरी ११ अर्ब ९२ करोड एक लाख २७ हजार एक सय १७ रुपैयाँ कर्जा लगानी गरेको छ । उक्त अवधिमा ८१ करोड ४२ लाख ६१ हजार आठ सय ६१ रुपैयाँ खुद व्याज आम्दानी गरेको संस्थामा चार दशमलव ७० प्रतिशत कर्जा निष्क्रिय देखिएको छ ।
संस्थाले अघिल्लो आवमा भने चार अर्ब ८२ करोड ४७ लाख ६७ हजार आठ सय ४२ रुपैयाँ निक्षेप संकलन गर ११ अर्ब १० करोड ७७ लाख ५५ हजार आठ सय ८५ रुपैयाँ कर्जा लगानी गरेको थियो । उक्त अवधिमा ६५ करोड ६२ लाख १३ हजार दुई सय ८६ रुपैयाँ खुद व्याज आम्दानी गरेको संस्थामा छ दशमलव ११ प्रतिशत कर्जा निष्क्रिय देखिएको थियो ।