काठमाडौं । राधी विद्युत् कम्पनीले हकप्रद सेयर जारी गर्नै भएको छ । विद्युत् नियमन आयोगले राधी विद्युत् कम्पनी लिमिटेडलाई हकप्रद सेयर निष्काशन गर्नका लागि पूर्वस्वीकृति प्रदान गरेसँगै हकप्रद सेयरको लागि बाटो खुला भएको हो ।
कम्पनीले हाल कायम चुक्ता पुँजीको एक बराबर शून्य दशमलव ६९ को अनुपातमा एक करोड २८ लाख ५२ हजार रुपैयाँबराबरको हकप्रद सेयर निष्काशन गर्न स्वीकृति पाएको हो । कम्पनीले हकप्रदबाट उठेको रकममध्ये ५२ दशमलव ४८ प्रतिशत कसुवा खोला जलविद्युत आयोजनामा लगानी गर्ने र बाँकी १७ दशमलव ४१ प्रतिशत कम्पनीको बैंक ऋण तिर्न प्रयोग गरिने कम्पनीले जानकारी दिएको छ ।