काठमाडौं । हिमालयन लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षमा नौ करोड १७ लाख ७३ हजार दुई सय ९२ रुपैयाँ खुद मुनाफा कमाएको छ । अघिल्लो आवमा भने संस्थाले २० लाख सात हजार सात सय ७१ रुपैयाँ खुद नोक्सानी बेहोरेको थियो ।
संस्थाको हाल चुक्ता पुँजी ३१ करोड ९८ लाख १८ हजार दुई सय रुपैैयाँ रहेको छ । संस्थाले गत आवमा एक अर्ब १० करोड ४७ लाख ५० हजार नौ सय तीन रुपैयाँ निक्षेप संकलन गरी चार अर्ब ९२ करोड ४६ लाख ९० हजार नौ सय छ रुपैयाँ कर्जा लगानी गरेको छ । सो अवधिमा ३५ करोड ३० लाख १६ हजार नौ सय छ रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा पाँच दशमलव ३३ प्रतिशत कर्जा निष्क्रिय देखिएको छ ।
संस्थाले अघिल्लो आवमा भने ९० करोड ४२ लाख ७९ हजार पाँच सय १५ रुपैयाँ निक्षेप संकलन गरी तीन अर्ब ७४ करोड ३७ लाख ९५ हजार सात सय ३२ रुपैयाँ कर्जा लगानी गरेको थियो । उक्त अवधिमा २२ करोड २७ लाख २७ हजार ८१ रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा तीन दशमलव ४९ प्रतिशत कर्जा निष्क्रिय देखिएको थियो ।