काठमाडौं। जेनजी विद्रोहको क्रममा गत भदौ २४ गते निर्घात पिटाइ खाएका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पत्नी डा.आरजु राणालाई लिएर झण्डै महिनापछि उपचारको नाममा सिंगापुर जान लागेका छन् । सभापति देउवाले गत असोज २८ गते उपसभापति पूर्ण बहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी सुम्पेका थिए । जेनजी विद्रोहका क्रममा उनीहरुमाथि भएको सांघातिक आक्रमणको बाहिरी घाउचाहि यसअघिनै निको भइसकेको बताइएको छ ।