काठमाडौं । आशा लघुवित्त वित्तीय संस्थाले झण्डै २१ करोड रुपैयाँ खुद मुनाफा कमाएको छ । संस्थाले आर्थिक वर्ष २०८१/०८२ मा २० करोड ९२ लाख ७७ हजार नौ सय ८३ रुपैयाँ खुद मुनाफा कमाएको हो । संस्थाले अघिल्लो आर्थिक वर्षमा भने छ करोड ८९ हजार आठ सय ७३ रुपैयाँ खुद मुनाफा कमाएको थियो ।
संस्थाको हाल चुक्ता पुँजी ७३ करोड ३० लाख ४६ हजार दुई सय ८० रुपैयाँ रहेको छ । संस्थाले आव २०८१/०८२मा छ अर्ब ४५ करोड ४१ लाख सात हजार दुई सय ६० रुपैयाँ निक्षेप संकलन गरी १० अर्ब ४४ करोड ९३ लाख ५० हजार तीन सय दुई रुपैयाँ कर्जा लगानी गरेको छ । उक्त अवधिमा ७३ करोड ८८ लाख ४४ हजार छ सय ६८ रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा चार दशमलव ४८ प्रतिशत कर्जा निष्क्रिय देखिएको छ ।
संस्थाले अघिल्लो आवमा भने छ अर्ब ३९ करोड ४८ लाख ५९ हजार तीन सय ६२ रुपैयाँ निक्षेप संकलन गरी नौं अर्ब ५५ करोड ५८ लाख ७७ हजार सात सय २२ रुपैयाँ कर्जा लगानी गरेको थियो । उक्त अवधिमा ४४ करोड ११ लाख ८० हजार तीन सय आठ रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा चार दशमलव ८१ प्रतिशत कर्जा निष्क्रिय देखिएको थियो ।