काठमाडौं । प्रभु बैंकले संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले १० जना विभिन्न संस्थापक सेरधनीहरूको नाममा रहेको कुल चार लाख २२ हजार आठ सय सात कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।
बैंकले संस्थापक सेयधरनीहरूलाई प्राथमिकता दिएर उक्त सेयर यसअघि नै बिक्रीमा राखिसकेकाले अब भने सर्वसाधारणले किन्न पाउने गरी बिक्री खुला गरेको हो । इच्छुक सर्वसाधारण व्यक्ति वा संघ–संस्थाले आवश्यक कागजातसहित आगामी १५ दिनभित्र काठमाडौंको बबरमहलस्थित बैंकको केन्द्रीय कार्यालयमा निवेदन दिनु पर्नेछ ।
बैंकका अनुसार संस्थापक सेयरधनी उमेशचन्द्र राईको नाममा कायम रहेको १८ हजार नौ सय २० कित्ता, बलराम न्यौपानेको नाममा कायम रहेको दुई लाख कित्ता, विनोदकुमार अग्रवालको नाममा कायम रहेको ४० हजार पाँच सय ५७ कित्ता, कोपिला ढुंगाना घिमिरेको नाममा कायम रहेको १८ हजार दुई सय ९५ कित्ता, देवप्रसाद श्रेष्ठको नाममा कायम रहेको २८ हजार ६२ कित्ता, खेतराज सिटौलाको नाममा कायम रहेको १४ हजार दुई सय १७ कित्ता, उत्तम बरालको नाममा कायम रहेको ५६ हजार एक सय ४२ कित्ता, सन्ध्या थापा क्षेत्रीको नाममा कायम रहेको १६ हजार ८८ कित्ता, निर बहादुर सुनुवारको नाममा कायम रहेको दुई हजार सात सय ३४ कित्ता र महेश कुमार अग्रवालको नाममा कायम रहेको २७ हजार सात सय ९२ कित्ता संस्थापक सेयर बिक्रीमा राखिएको हो ।