काठमाडौँ । सङ्खुवासभाको उत्तरी क्षेत्र किमाथाङ्का आसपास केन्द्रबिन्दु भएर मंगलबार बिहान ७ बजेर ३२ मिनेट जाँदा भूकम्प गएको छ । सङ्खुवासभा जिल्लाको किमाथाङ्का आसपास केन्द्रबिन्दु भएर चार दशमलव तीन रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरले जानकारी दिएको छ ।
जिल्ला प्रशासन कार्यालय सङ्खुवासभाले हालसम्म भूकम्पबाट क्षति भएको र नभएका सम्बन्धमा सोधपुछ भैराखेको र एकीन जानकारी नआएको जनाएको छ ।
नेपाल हिमालय क्षेत्र भएकाले विभिन्न समयमा सानाठूला भूकम्प जाने गरेको छ । यसअघि यही कात्तिक ५ गते पनि बझाङको हेमन्तवाडा आसपास केन्द्रबिन्दु भएर तीन दशमलव नौ रेक्टर स्केलको भूकम्प गएको थियो ।