काठमाडौं । तिहार र छठपछि शेयर बजारमा रौनक देखिएको छ । यसअघि लगातार ओरालो लाग्दै आएको शेयर बजार परिसुचक नेप्से मंगलबार ६२ दशमलव २९ अंकले उकालो लागेर २५ सय ७१ दशमलव ३४ बिन्दुमा चढेको छ ।
क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि ११ दशमलव ९७ अंकले उकालो लागेर चार सय ४८ दशमलव ९७ बिन्दुमा चढेको छ । धितोपत्र बजारमा आज तीन सय १४ वटा कम्पनीहरुको ४७ हजार ९४ पटकको कारोबारमा ९२ लाख ४३ हजार सात सय २३ कित्ता शेयर खरिद बिक्री भएका छन् । सोही खरिद बिक्रीका आधारमा कुल कारोबार रकम चार अर्ब ५७ करोड ३९ लाख ४३ हजार चार सय पाँच रुपैंयाँ कायम भएको छ ।
धितोपत्र बजारमा आज १३ वटा समुहहरुको शेयर कारोबार छन् । जसमध्ये व्यापार उपसमुहको सुचक ओरालो लागेको छ भने बाणिज्य बैंक, बिकास बैंक, फाईनान्स, जलबिद्युत, जीवन बीमा, निर्जीवन बीमा, लघुवित्त सहितका १२ वटा उपसमुहहरुको सुचक उकालो लागेका छन् ।