काठमाडौँ । सुनको मूल्यमा यो साता निरन्तर गिरावट देखिएको छ । अहिले अन्तरराष्ट्रिय बजारमा पनि सुनको भाउ घटेको हुँदा नेपाली बजारमा पछिल्लो चार दिनदेखि सुनको मूल्य लगातार ओरालो लागेको देखिएको हो ।
गत आइतबार एकैदिन प्रतितोला ११ हजार ६०० ले घटेर दुई लाख ४१ हजार ९०० कायम भएको सुनको मूल्य सोमबार पुनः तोलामा दुई हजार घटेर दुई लाख ३९ हजार ९०० मा किनबेच भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले हिजो मङ्गलबार प्रतितोला दुई हजार ९०० घटेपछि दुई लाख ३७ हजारमा कारोबार भएको सुन बुधबार पुनः तोलामा सात सय घटेर दुई लाख ३६ हजार ३०० कायम भएको जनाएको छ ।
मंगलबारको तुलनामा बुधबार भने चाँदीको मूल्य बढेको छ । मङ्गलबार प्रतितोला दुई हजार ९२० मा किनबेच भएको चाँदी बुधबार बढेर दुई हजार ९६५ पुगेको हो ।