काठमाडौं , पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई दिइँदै आएको सम्पूर्ण सरकारी सुरक्षा सरकारले फिर्ता लिएको छ। नेपालका निजी सुरक्षा अधिकृत (पीएसओ) सहित सबै सुरक्षाकर्मीहरू हिजोदेखि फिर्ता गरिएको उनको सचिवालयले जनाएको छ। पूर्वप्रधानमन्त्रीको हैसियतमा नेपाललाई राज्यको तर्फबाट सुरक्षा सुविधा दिइँदै आएको थियो। तर सरकारले हाल उक्त व्यवस्था खारेज गर्दै सुरक्षाकर्मीहरू फिर्ता गरेको हो। यसअघि सरकारले पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र केपी शर्मा ओलीको सुरक्षा घटाउने निर्णय गरेको थियो। सरकारी मापदण्डभन्दा बढी सुरक्षाकर्मी राखिएको भन्दै सरकारले संख्यात्मक कटौती गरेको भए पनि नेपालका हकमा भने सम्पूर्ण सुरक्षा हटाइएको हो। आज पार्टीको बैठकमा सहभागी हुन गएका नेपाल न त सरकारी सुरक्षासहित थिए, न त पार्टी कार्यकर्ताको स्कर्टिङसहित। उनले बैठक स्थलसम्म एक्लै पुग्नुपरेको उनका नजिकका सहयोगीले बताएका छन्।सरकारले सुरक्षाको जिम्मेवारी फिर्ता लिएसँगै नेपालको व्यक्तिगत सुरक्षाबारे विभिन्न प्रश्न उठ्न थालेका छन्।