काठमाडौं । श्रीनगर एग्रिटेक इन्डस्ट्रिज लिमिटेडको साधारण सेयर (आईपीओ) को बाँडफाँट भएको छ । कम्पनीको बुधबार बिहान साधारण सेयरको बाँडफाँट कार्य सम्पन्न गरेको हो ।
कम्पनीका अनुसार कुल १८ लाख ९८ हजार तीन सय ३३ आवेदकबाट दुई करोड पाँच लाख ६८ हजार दुई सय १० कित्ता सेयर खरिदका लागि आवेदन परेको छ । सोमध्ये १८ लाख ६९ हजार तीन सय ३० आवेदन सदर भएको छ भने २६ हजार छ सय ३६ आवेदन बदर भएको छ । सदर आवेदकबाट दुई करोड दुई लाख ५० हजार पाँच सय १० कित्ता सेयरका लागि खरिद आवेदन परेको छ । कुल सदर आवेदकमध्ये दुई लाख ५१ हजार ४९ जनाले १० कित्ताका दरले सेयर हात पारेका छन् भने तीन जनाले ११ कित्ताका दरले सेयर प्राप्त गरेका छन् ।
कम्पनीले असोज २६ गतेदेखि असोज २९ गतेसम्म सर्वसाधारणको लागि एक सय रुपैयाँ अंकित मुल्य कायम रहने गरी २५ करोड १० लाख ४९ हजार तीन सय रुपैयाँ बराबरको २५ लाख १० हजार चार सय ९३ कित्ता सेयर निष्काशन गरेको थियो ।