काठमाडौं । एसवाई प्यानल नेपाल लिमिटेडले साधारण सेयर (आईपीओ) को बिक्री आह्वान गरेको छ । कम्पनीले यही कात्र्तिक १९ गतेदेखि एक सय रुपैयाँ अंकित मूल्य कायम रहने गरी ४० करोड ७६ लाख १५ हजार छ सय रुपैयाँ बराबरको ४० लाख ७६ हजार एक सय ५६ कित्ता साधारण सेयरको बिक्री आह्वान गरेको हो ।
कम्पनीले प्रतिकित्ता एक सय रुपैयाँ अंकित मुल्य कायम रहने गरी ५२ करोड ३२ लाख ५४ हजार आठ सय रुपैयाँ बराबरको ५२ लाख ३२ हजार पाँच सय ४८ कित्ता सेयर सर्वसाधारणको लागि छुट्याएको थियो । सोमध्ये पहिलो चरणमा आयोजना प्रभावितलाई दुई करोड ६१ लाख ६२ हजार सात सय रुपैयाँ बराबरको दुई लाख ६१ हजार छ सय २७ कित्ता र वैदेशिक रोजगारीमा रहेकालाई चार करोड ९७ लाख नौं हजार दुई सय रुपैयाँ बराबरको चार लाख ९७ हजार ९२ कित्ता बाँडफाँट गरेपछि कम्पनीले अन्तिम चरणमा सर्वसाधारणको लागि सेयर बिक्रीको आव्हान गरेको हो । कम्पनीले बाँकी कित्तामध्ये कम्पनीमा कार्यरत कर्मचारीका लागि एक करोड ४९ लाख १२ हजार सात सय रुपैयाँ बराबरको एक लाख ४९ हजार एक सय २७ कित्ता र सामूहिक लगानी कोषका लागि दुई करोड ४८ लाख ५४ हजार छ सय रुपैयाँ बराबरको दुई लाख ४८ हजार पाँच सय ४६ कित्ता साधारण सेयर सुरक्षित राखेर बाँकी रहेको ४० लाख ७६ हजार एक सय ५६ कित्ता सेयर सर्वसाधारणको लागि बिक्री आह्वान गरेको हो ।
कम्पनीका अनुसार सर्वसाधारणहरुले न्यूनतम १० देखि अधिकतम ५० हजार कित्तासम्मको सेयर खरिदको लागि आवेदन दिन सक्नेछन् । बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको कम्पनीको साधारण सेयरको बिक्री कार्य यही कात्तिक १९ गतेबाट सुरु भई छिटोमा यही कात्तिक २३ गते र ढिलोमा मंसिर तीन गते बन्द हुनेछ ।