चितवन । बिहीबारदेखिको निरन्तरको वर्षाका कारण नारायणगढ–मुग्लिन सडक पहिरो खसेर अवरुद्ध भएको छ । इच्छाकामना गाउँपालिका वडा नम्बर ५ तुइन खोला नजिक पहिरो खस्दा सडक अवरुद्ध भएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार बाटो अवरुद्ध भएपछि सवारीसाधन सडकमा रोकिएका छन् । उनले पहिरो पन्छाएर यथाशीघ्र सडक सुचारु गर्न आफूहरू लागिपरेको बताए ।