काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयर बिक्री गर्ने भएको छ । संस्थाले संस्थापक सेयरधनी भरतलाल बहरदारको नाममा रहेको एक लाख ५० हजार कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।
कम्पनीले उक्त सेयर प्रतिकित्ता न्यूनतम पाँच सय रुपैयाँका दरले बिक्रीमा राखेको हो । हाल उक्त सेयर कम्पनीकै विद्यमान संस्थापक सेयरधनीहरूले मात्रै खरिद गर्न सक्नेछन् । इच्छुक सेयरधनीले यही कात्तिक १० गतेबाट लागू हुने गरी आगामी ३५ दिनभित्र आफूले किन्न चाहेको सेयर संख्या र सोको मूल्य समेत खुलाएर मोरङस्थित कम्पनीको केन्द्रीय कार्यालयमा आशयपत्र पेश गर्नुपर्नेछ । आशयपत्र प्राप्त भएपछि खरिदकर्ता र विक्रेताको आपसी समझदारीमार्फत् सेयर खरिद–बिक्री गरिने संस्थाले जानकारी दिएको छ ।