काठमाडौं । सोल्टी होटल लिमिटेडले लाभांश वितरणको घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफामध्येबाट आफ्ना सेयरधनीहरुलाई हाल कायम चुक्ता पुँजीको १५ प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनार्थ १६ दशमलव ५७ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो ।
लाभांश वितरणसम्बन्धी उक्त प्रस्ताव कम्पनीको यही मंसिर २८ गते त्रिभुवन आर्मी अफिसर्स क्लबमा हुने ५१औँ वार्षिक साधारणसभाले पारित गरेपछि कार्यान्वयनमा आउने छ । साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले मंसिर ५ गतेदेखि २८ गतेसम्म बुकक्लोज गर्ने भएको छ । सोअनुसार मंसिर ४ गतेसम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीहरुले कम्पनीको साधारणसभामा सहभागिता जनाउन तथा कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन् ।