धरान उपमहानगरपालिकाका मेयर हर्कराज साम्पाङ नेतृत्वको ‘श्रम संस्कृति पार्टी’ले औपचारिक रूपमा मान्यता प्राप्त गरेको छ।निर्वाचन आयोगले आज उक्त पार्टीलाई दल दर्ताको मान्यतासहित प्रमाणपत्र प्रदान गरेको हो। हर्क साम्पाङका अनुसार ‘श्रम संस्कृति पार्टी’मा पाँच सदस्यीय पदाधिकारी रहनेछन् भने २३ सदस्यीय केन्द्रीय समिति प्रस्ताव गरिएको छ।पार्टीको चुनाव चिन्ह ‘माटोको ढिस्को’ तोकिएको छ। पार्टी दर्ता प्रमाणपत्र बुझ्न साम्पाङ आफ्ना समर्थकहरूसहित आयोग पुगेका थिए। साम्पाङले आफ्नो पार्टी श्रम, स्वाभिमान र स्थानीय विकासमा आधारित वैकल्पिक राजनीतिक शक्ति बन्ने दाबी गरेका छन्।