काठमाडौं । सिटिजन्स बैंक लिमिटेडले नेपालको बैंकिङ क्षेत्रमै पहिलो पटक प्रयोगमा ल्याएको ‘क्रस बैंक टेलर क्यूआर’का प्रयोगकर्ताहरु बढिरहेका छन् । डिजिटल प्रणालीलाई प्राथमिकता राखेको यस बैंकले ल्याएको यो सेवा नगद आवश्यक पर्नेको लागि लोकप्रिय समेत बनिरहेको हो ।
पछिल्लो समय ग्राहकलाई नयाँ–नयाँ सेवा दिन तल्लीन भएको यो बैंकले नेपालमा पहिलो पटक प्रयोगमा ल्याएको यो सेवा निकै छरितो समेत रहेको छ । सेवाग्राहीको समयको बचत हुने र प्रयोगसमेत सहज रहेको छ । जसकारण सेवाग्राहीको सारथि बनिरहेको छ । बैंकका अनुसार ग्राहकहरूले नजिकैको सिटिजन्स बैंकको शाखा काउन्टरमा गई आफ्नो बैंकको मोबाइल बंैकिङमार्फत क्रस बैंक टेलर क्यूआरलाई स्क्यान गरेर तुरुन्तै नगद भुक्तानी प्राप्त गर्न सक्नेछन् । यस प्रकारको सेवाले भुक्तानी प्रक्रियालाई झनै द्रुत र सुरक्षित बनाई ग्राहकलाई सुविधाजनक सेवाको अनुभव प्रदान गर्ने लक्ष्य बैंकले राखेको छ । नयाँ प्रणालीले डिजिटल भुक्तानीको दायरा विस्तार गर्दै ग्राहकलाई बैंकिङ सेवामा सहज पहुँच र समयको बचत गराउने विश्वास सिटिजन्स बैंकले व्यक्त समेत गरेको छ ।
यस्तो सेवा सुरु हुँदै गर्दा प्रयोग नगर्ने सेवाग्राहीको मनमा भने प्रयोग कसरी गर्ने र यसको फाइदा के–के हुन् भन्ने जिज्ञासा समेत आउँछ । त्यसको लागि भने यो प्रणाली नै बुझन् जरुरी रहेको छ । यो इन्टरओपरेबल डिजिटल बैंकिङ सेवा हो । जसअन्तर्गत सिटिजन्स बैंकमा गई जुनसुकै बैंकका ग्राहकले टेलर काउन्टरमा राखिएको क्यूआर कोड स्क्यान गरी नगद निकासी गर्न सक्नेछन् ।
यसको प्रयोग गर्नको लागि सिटिजन्स बैंकको शाखामा जानैपर्ने हुन्छ । त्यहाँ पुगेपछि सेवाग्राहीले आफ्नो मोबाइल बैंकिङ एप खोल्नुपर्ने हुन्छ । टेलर काउन्टरमा रहेको क्यूआर कोड स्क्यान गर्नुपर्नेछ । बैंकले जानकारी गराएअनुसार त्यसपछि झिक्न चाहेको रकम प्रविष्ट गर्नुपर्ने हुन्छ । त्यो रकम भने नेपाल राष्ट्र बैंकले तोकिएको सीमाभित्र रहेको हुनुपर्नेछ ।
मोबाइल एपमा निश्चित रकमको कारोबार सीमा राखिएको छ । ट्रान्स्याक्सन अनुमोदन गर्नुपर्नेछ । नगद तुरुन्तै टेलरबाट प्राप्त हुनेछ । नगद चलाइरहेकाको लागि यो सेवा निकै नै उपभोगी भइरहेको छ । यसले कागजी र नगद कारोबारमा निर्भरता घटाउने र सर्वसुलभ बैंकिङ सेवा विस्तार गर्नको लागि मद्दत गरेको छ । हामी ग्राहकहरूलाई सरल र स्मार्ट बैंकिङ अनुभव दिन प्रतिबद्ध छौँ, बैंकले विज्ञप्तिमार्फत भनेको छ ।