काठमाडौं । शेयर बजार परिसुचक नेप्से ओरालो लागेको छ । अघिल्लो दिन ३० दशमलव ७५ अंकले उकालो लागेको नेप्से परिसुचक सोमबार आठ दशमलव २४ अंकले ओरालो लागेर २६ सय २२ दशमलव ८९ बिन्दुमा खुम्चिएको छ ।
क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि शुन्य दशमलव ८३ अंकले ओरालो लागेर चार सय ५६ दशमलव ३९ बिन्दुमा खुम्चिएको छ । आज तीन सय ३३ वटा कम्पनीहरुको ५४ हजार आठ सय ९२ पटकको कारोबारमा एक करोड २१ लाख ८५ हजार तीन सय ८८ कित्ता शेयर खरिद बिक्री भएका छन् । सोही खरिद बिक्रीका आधारमा कुल कारोबार रकम छ अर्ब पाँच करोड २२ लाख २६ हजार नौं सय तीन रुपैंयाँ कायम भएको छ ।
धितोपत्र बजारमा आज १३ वटा उपसमुहहरुको शेयर कारोबार हुँदा छ वटा उपसमुहहरुको सुचक उकालो लागेका छन् भने बाँकी उपसमुहहरुको सुचक ओरालो लागेका छन् । जसमध्ये बाणिज्य बैंक, फाईनान्स, जलबिद्युत, जीवन बीमा, निर्जीवन बीमा, लगानी र लघुवित्त उपसमुहको सुचक ओरालो लाग्दा बिकास बैंक, व्यापार, होटल तथा पर्यटन, उत्पादनमुलक, सामुहिक लगानी कोष र अन्य उपसमुहको सुचक उकालो लागेका छन् ।