ऊर्जामन्त्री कुलमान घिसिङले आफूले पदबाट राजीनामा दिन लागेको भन्ने हल्ला पूर्णतया असत्य भएको स्पष्ट पारेका छन्।सोमबार साँझ सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै उनले भनेका छन्, “पदबाट राजीनामा दिन लागेको भन्ने समाचारमा सत्यता छैन। जेन-जी पुस्ताको ऐतिहासिक आन्दोलनपछि विषम परिस्थितिमा बनेको यो सरकार जनताको आशा र विश्वास पूरा गर्न प्रतिबद्ध छ। तीनवटा मन्त्रालयको जिम्मेवारी सम्हाल्दै, म निरन्तर रूपमा आन्दोलनले दिएको जनादेश र विश्वास पूरा गर्न क्रियाशील छु।” उनको यो प्रतिक्रिया राजीनामा दिने अफवाहको बीचमा आएको हो, जसले राजनीतिक वृत्तमा चर्चा बढाएको थियो।