काठमाडौं । यस वर्षको अक्टोबर महिनामा एक लाख २८ हजार चार सय ४३ जना पर्यटकले नेपाल भ्रमण गरेका छन् । यो महिना पर्यटकीय यामसमेत भएकाले पर्यटकको आवागमन उल्लेख्य देखिएको छ ।
नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको तथ्याड्ढअनुसार, दक्षिण एशियाबाट २९ हजार ६०, एसियाका अन्य देशबाट २३ हजार एक सय २७, युरोपबाट ४० हजार पाँच सय, ओसियाना छ हजार आठ सय १४, अमेरिका १६ हजार चार सय सात, मध्यपूर्व तीन हजार पाँच सय ४८, अफ्रिका चार सय ४३ र अन्य देशबाट आठ हजार चार सय ४४ पर्यटक नेपाल आएका छन् । बोर्डका अनुसार गत जनवरीदेखि अक्टोबरसम्म कुल नौ लाख ४३ हजार सात सय १६ जना पर्यटक नेपाल आएका छन् । अक्टोबरमा भारतबाट १७ हजार दुई सय ९८ पर्यटक नेपाल आएका थिए । यसैगरी, अमेरिकाबाट १३ हजार दुई सय ८६, बेलायतबाट आठ हजार सात सय १८, चीनबाट छ हजार सात सय ५५, जर्मनीबाट छ हजार तीन सय ६६, अस्ट्रेलियाबाट छ हजार एक सय ७७ जना नेपाल भ्रमणमा आएका थिए ।