काठमाडौं । सामसङले नेपालमा नयाँ ग्यालेक्सी एस२५ एफई सार्वजनिक गरेको छ । कम्पनीका अनुसार यो फोन विशेषरूपमा युवा प्रोफेसनल्स र कन्टेन्ट क्रिएटर्सका लागि डिजाइन गरिएको हो ।
क्रिएटिभ र प्रोडक्टिभ क्षमता खोज्ने प्रयोगकर्ताहरूका लागि तयार पारिएको ग्यालेक्सी एस२५ एफईमा प्रिमियम एआई–सञ्चालित सुविधाहरू छन् । यो फोन नेपालमा ९९ हजार नौ सय ९९ रुपैयाँमा उपलब्ध छ । ग्यालेक्सी एआई र वन युआई ८ द्वारा सञ्चालित यो फोनले भोइस, टच र भिजुवल अर्न्तक्रियामार्फत सहज र सरल अनुभव प्रदान गर्नेछ । जेमिनी लाइभ, नाउ बार र नाउ ब्रिफ र सर्कल टु सर्चजस्ता सुविधाहरूले यसलाई स्मार्ट, छिटो बनाउने जनाइएको छ । यो फोनको एआई–सञ्चालित प्रोभिजुअल इन्जिन र अपग्रेड गरिएको १२ एमपी फ्रन्ट क्यामेराले क्रिएटिभिटीलाई सशक्त बनाउँछ । साथै, सुपर एडीआरमार्फत फोटो र भिडियोहरुको स्पष्ट रंगको साथ सेल्फीहरू र क्ल्यारिटीका साथ सटहरू खिच्छ । जेनेरेटिभ एडिट, पोट्र्रेट स्टुडियो, इन्स्ट्यान्ट स्लो–मो र अडियो इरेजरजस्ता फिचरहरूले फोटो र भिडियो इडिटलाई सहज बनाउने, अडियोलाई परिष्कृत गर्ने र इमर्सिभ स्लो–मोसन क्लिपहरू सिर्जना गर्ने कम्पनीले जनाएको छ ।
यसमा ४५ वाटको फास्ट चार्जिङ र एफिसियन्ट कुलिङको लागि भेपर चेम्बरको साथ चार हजार नौ सय एमएएच ब्याट्रीद्वारा सञ्चालित यसले स्ट्रिमिङ, मल्टिटास्किङ र क्रिएटिभ कार्यको लागि सहज कार्यसम्पादन सुनिश्चित गर्नेछ ।