काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले कुल १० दशमलव ३७ प्रतिशतका दरले लाभाँश वितरण गर्नै घोषणा गरेको छ । बैंकले आर्थिक वर्ष २०८१/८२ को लाभाँश मध्येबाट हाल कायम रहेको चुक्ता पुँजी चार अर्ब २९ करोड ६४ लाख ५८ हजार एक सय ५८ रुपैंयाँ मध्येबाट १० दशमलव ३७ प्रतिशतका दरले हुन आउने ४४ करोड ५५ लाख ४२ हजार सात सय १० रुपैंयाँ बराबरको लाभाँश वितरण गर्नै घोषणा गरेको हो ।
घोषित लाभाँश मध्येमा पाँच प्रतिशतका दरले हुन आउने २१ करोड ४८ लाख २२ हजार नौं सय सात रुपैंयाँ बराबरको बोनस शेयर र पाँच दशमलव ३७ प्रतिशतका दरले हुन आउने २३ करोड सात लाख १९ हजार आठ सय तीन रुपैंयाँ बराबरको नगद लाभाँश (कर प्रयोजनको लागि समेत) रहेको छ ।
लाभाँश वितरणका सम्वन्धमा सञ्चालक समितीको यही कात्र्तिक १७ गते बसेको सञ्चालक समितीको छ सय ३५ औं बैठकले गरेको निर्णय नेपाल राष्ट्र बैंकको स्वीकृती एवं बैंकको आगामी बार्षिक साधारण सभाबाट पारित भएपछि कार्यान्वनमा आउने बैंकले जानकारी दिएको छ ।