काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडका अभिकर्ता लिडरहरुको एडुटेडमेन्ट कार्यक्रम भव्यरुपमा सम्पन्न भएको छ । चितवनको सौराहमा कात्तिक १३, १४ र १५ गते गरी ३ दिन विभिन्न मनोरञ्जनात्मक एवं क्षमता अभिवृद्धि तालिम कार्यक्रमहरुका साथ भव्यरुपमा सम्पन्न भएको हो ।
प्रभु महालक्ष्मी लाइफ इन्स्यारेन्सका प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईँले पानसमा दीप प्रज्वलन गरी कार्यक्रमको उद्घाटन गरेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख कार्यकारी अधिकृत प्रसाईँले प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले समय–समयमा आयोजना गर्ने स्तरीय तालिमहरुले अभिकर्ता लिडरहरुको क्षमता अभिवृद्धिमा उल्लेख्य योगदान गर्ने र राष्ट्रिय, अन्तर्राष्ट्रियस्तरमा अभिकर्ताहरुको पहिचान बनाउनमा महत्वपूर्ण साबित हुने बताए । साथै उनले राष्ट्रियस्तरका ख्यातिप्राप्त कलाकारहरुको उपस्थितिमा भएका मनोरञ्जनात्मक साँझले अभिकर्ता लिडरहरुलाई रिफ्रेसमेन्ट प्रदान गर्ने विश्वास व्यक्त गरे ।
कम्पनीमा आबद्ध दुई सय जनाभन्दा बढी अभिकर्ता लिडरहरुको उपस्थिति रहेको कार्यक्रममा बीमा बिक्री कलाको क्षमता अभिवृद्धि तालिम, साङ्गीतिक साँझ तथा अन्य मनोरञ्जनात्मक कार्यक्रमहरु गरी हर्षाेल्लासपूर्ण वातावरणमा सम्पन्न भयो । द आर्ट अफ सेलिङ उपमाले परिचित अन्तर्राष्ट्रियस्तरका ट्रेनर अरनिको सिंहको बीमा बिक्री कलाको क्षमता अभिवृद्धि तालिमले अभिकर्ता लिडरहरुमा उत्साह जगाएको थियो ।
कार्यक्रमको मुख्य आकर्षण प्रसिद्ध कलाकार, गायक प्रमोद खरेल एवं परम्परा ब्यान्डको लाइभ सांगीतिक प्रस्तुतिले कार्यक्रमको रौनक थपिएको थियो । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले अभिकर्ताहरुलाई निरन्तररुपमा विभिन्न प्रकारका मोटिभेसनल, रिफ्रेसमेन्ट, सम्मान तथा मनोरञ्जनात्मक कार्यक्रमहरु उत्कृष्टरुपमा गर्दै आइरहेको छ ।