काठमाडौं । राष्ट्रिय बीमा कम्पनीको सञ्चालक समितिका अध्यक्ष निर्मल ढकालले शपथग्रहण गरेका छन् । नेपाल बीमा प्राधिकरणका अध्यक्ष जनकराज शर्माले राष्ट्रिय बीमा कम्पनीको सञ्चालक समितिका अध्यक्ष ढकाललाई सोमबार प्राधिकरणको केन्द्रीय कार्यालय, कुपण्डोलमा पद तथा गोपनीयताको शपथ गराएका हुन् ।
नेपाल सरकारको यही कात्तिक १४ गतेको निर्णयअनुसार सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका उपमहानिर्देशक रहेका उनलाई राष्ट्रिय बीमा कम्पनी लिमिटेडको अध्यक्ष तोकिएको हो । त्यस अवसरमा नेपाल बीमा प्राधिकरणका निर्देशक कुन्दन सापकोटा र राष्ट्रिय बीमा कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत डा. शिवहरि श्रेष्ठलगायत पदाधिकारीहरू उपस्थित थिए ।