काठमाडौं । नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशक पदमा राजनविक्रम थापा पदोन्नति भएका छन् । राष्ट्र बैंकको मानव संसाधन व्यवस्थापन विभागले कात्तिक १६ गतेदेखि लागू हुनेगरी यसअघि निर्देशक पदमा रहेका थापालाई कार्यकारी निर्देशकमा बढुवा गरेको हो ।
राष्ट्र बैंकका अनुसार डा. गुणाकर भट्ट अवकाशमा गएपछि प्रशासन सेवातर्फ एक कार्यकारी निर्देशकको पद खाली भएको रहेको थियो । सो पद पूर्ति प्रक्रियाअनुसार, नेपाल राष्ट्र बैंक कर्मचारी सेवा विनियमावली, २०६८ (तेस्रो संशोधनसहित)ले तोकेको प्रावधानअनुसार सम्भाव्य निर्देशक (अधिकृत प्रथम)हरूमध्येबाट बढुवा गरिएको हो । विनियमावलीको विनियम ५२ र विनियम ६५(२)का प्रावधानअनुसार थापा छनौटमा परेका हुन् । पदोन्नतिपछि थापालाई गभर्नर कार्यालयको जिम्मेवारी तोकिएको छ ।