भक्तपुर,जेनजि आन्दोलनका क्रममा तोडफोड तथा आगजनीमा संलग्न रहेको आरोपमा आठ जना व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ। भक्तपुर दरबार स्क्वायरस्थित जिल्ला प्रहरी परिसर भक्तपुरमा सोमबार (मिति २०८२ मंसिर १७ गते) उनीहरू आफैं उपस्थित भएपछि प्रहरीले थप अनुसन्धानका लागि नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार मिति २०८२ भदौ २४ गते वृत्त जगातीको भवनमा गरिएको तोडफोड तथा आगजनी घटनामा संलग्न रहेको आरोपमा ती व्यक्तिहरूलाई नियन्त्रणमा लिइएको हो।
नियन्त्रणमा परेका व्यक्तिहरूको विवरणः
रामशरण परियार (३४ वर्ष) — जिल्ला काभ्रे, भुम्लु गाउँपालिका–३, हाल भक्तपुर हनुमानघाट बसोबास।
रुपक परियार (३२ वर्ष) — जिल्ला काभ्रे, बनेपा नगरपालिका–४, हाल हनुमानघाट।
होमबहादुर खत्री (२६ वर्ष) — जिल्ला सर्लाही, लालबन्दी नगरपालिका–६, हाल भक्तपुर दार्जिलिङ हाइट।
अमृत सुनुवार (२२ वर्ष) — जिल्ला काभ्रे, नमोबुद्ध नगरपालिका–१, हाल बम्हायनी।
प्रालद कुमार ठाकुर (१८ वर्ष) — जिल्ला महोत्तरी, सोनाम गाउँपालिका–८, हाल बम्हायनी।
राजन माक (२३ वर्ष) — जिल्ला भक्तपुर, भक्तपुर नगरपालिका–८।
सरोज बम्जन (१६ वर्ष) — जिल्ला सर्लाही, हाल भक्तपुर भातेढिकुर।
विकास तामाङ (२२ वर्ष) — जिल्ला काभ्रे, नमोबुद्ध नगरपालिका–६, हाल भक्तपुर भातेढिकुर।
उनीहरूलाई जिल्ला प्रहरी परिसर भक्तपुरमा राखी थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।