काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडले पशुपति मन्दिर परिसरमा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत वृक्षारोपण कार्यक्रम आयोजना गरेको छ । सो अवसरमा नेपाल एसबिआई बैंकका अध्यक्ष, वेंकट वंसीधर कुंचाले पशुपति मन्दिर परिसरमा रहेको कैलाश डाँडामा वृक्षारोपणको शुभारम्भ गरेका थिए ।
कार्यक्रममा नेपाल एसबिआई बैंकका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत, रामकुमार तिवारी, सञ्चालक, रितेश सिन्हा, नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख सञ्चालन अधिकृत, विकास आनन्द, प्रमुख वित्तिय अधिकृत, राजेश कुमार पंडा तथा बैंकका अन्य पदाधिकारीहरुको सहभागिता रहेको थियो । बैंकले यस पशुपति मन्दिर परिसरमा यस प्रकारका सामाजिक उत्तरदायित्वअन्तर्गतका कार्यक्रमहरू समय समयमा गर्दै आएको छ ।
बैंकले विगत ३२ वर्षदेखि बैकिङ सेवा प्रदान गर्दै आइरहेकोे छ । हाल बैंकको एक सय एकवटा शाखा, २२ एक्स्टेन्सन काउन्टर, २० शाखारहित बैंकिङ, सातवटा प्रादेशिक कार्यालय, एक सय २७ वटा एटीएम र एउटा कर्पोरेट कार्यालय सञ्चालनमा रहेको छ ।