काठमाडौं — आन्दोलनका क्रममा फरार रहेका एक प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ।काठमाडौं महानगरपालिका–२६, नयाँ बसपार्क गेटस्थित सडक खण्डमा शंकास्पद रूपमा हिँडिरहेका झापा दमक नगरपालिका–९ घर भएका २२ वर्षीय पर्वत भट्टराईलाई बुधबार राति करिब ८:३० बजे गोंगबु प्रहरी प्रभागको गस्ती टोलीले नियन्त्रणमा लिएको हो। प्रहरीका अनुसार प्रारम्भिक सोधपुछपछि खुलेको तथ्यअनुसार भट्टराई यसअघि लागुऔषध तथा चोरी मुद्दामा पक्राउ परेका थिए। उनलाई अदालतको आदेशअनुसार पुर्पक्षका लागि केन्द्रीय कारागार, सुन्धरामा राखिएको थियो। तर मिति २०८२ साल भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा तोडफोड तथा आगजनी हुँदा उनी कारागारबाट भागी फरार भएको खुलेको छ।गोंगबु प्रहरीले उनलाई मिति २०८२ साल कार्तिक १८ गते नियन्त्रणमा लिएर आवश्यक अनुसन्धानपछि सोही दिन १६:०० बजे केन्द्रीय कारागार कार्यालयमा बुझाएको जनाएको छ।