काठमाडौं, भदौ १४
विश्वमा दुई करोड ४९ लाख २८ हजार सात सय ८१ जना कोरोना भाइरस संक्रमित भएका विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले शनिबार जानकारी दिएको छ । सो संगठनकाअनुसार शनिबारसम्म विश्वभरी कोरोना भाइरस संक्रमणबाट आठ लाख ४१ हजार छ सय ८१ जना कोरोना भाइरस संक्रमणका कारण मृत्यु भएको छ । श्निबार अपराह्नसम्म प्राप्त समाचारअनुसार संक्रमितमध्ये हालसम्म एक करोड ७३ लाख १० हजार तीन सय ७२ व्यक्ति कोरोना मुक्त भएका छन् ।
विश्वभरमा ६७ लाख ७६ हजार सात सय २० व्यक्ति कोरोना भाइरस संक्रमित रहेका उनीहरुको उपचार भइरहेको छ । संक्रमितहरुमध्ये ६१ हजार एक सय ८६ जनाको अवस्था गम्भीर रहेको जनाएको छ । कोरोना भाइरसबाट अन्त्यत प्रभावित दशवटा देशहरुको डब्लुएचओद्वारा प्रकाशित तथ्यांक यी रहेका छन् ।
चीनको हुबे प्रान्तको वुहान सहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट सुरु भएको कोरोना भाइरस संक्रमणको कारण संयुक्त राज्य अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ । अमेरिकामा ६० लाख ९६ हजार सात सय ५६ जनामा कोरोना भाइरसका संक्रमित रहेका छन् । यस प्रकोपका कारण अमेरिकामा १ लाख ८५ हजार नौ सय ६५ व्यक्तिको मृत्यु भइसकेको बताइएको छ ।
ब्राजिलमा ३८ लाख १२ हजार छ सय पाँच जना कोरोना भाइरस संक्रमित रहेका छन् । यहाँ १ लाख १९ हजार पाँच सय ९४ जनाको मृत्यु भएको छ । भारतमा ३४ लाख ६८ हजार दुई सय ७२ जना कोरोना भाइरस संक्रमित रहेका छन् । यहाँ ६२ हजार सात सय ५० जनाको मृत्यु भएको छ ।
रुस ३३ लाख ८५ हजार तीन सय ४६ जना कोरोना भाइरस संक्रमित रहेका छन् भने १७ हजार २५ जनाको मृत्यु भएको छ । पेरुमा छ लाख २९ हजार नौ सय ६१ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने २८ हजार चार सय ७१ जनाको मृत्यु भएको छ । दक्षिण अफ्रिकामा छ लाख २० हजार एक सय ३२ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने १३ हजार सात सय ४३ जनाको मृत्यु भएको छ । कोलम्बिया पाँच लाख ९० हजार पाँच सय २० जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने १८ हजार सात सय ६७ जनाको मृत्यु भएको छ ।
मेक्सिकोमा पाँच लाख ८५ हजार सात सय ३८ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने ६३ हजार एक सय ४६ जनाको मृत्यु भएको छ । स्पेनमा चार लाख ५५ हजार छ सय २१ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने २९ हजार ११ जनाको मृत्यु भएको छ । चिलीमा चार लाख पाँच हजार नौ सय ७२ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने ११ हजार एक सय ३२ जनाको मृत्यु भएको छ । (रासस/एएफपी)