काठमाडौं । आरएसडिसी लघुवित्त वित्तीय संस्थाले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिमा दुई करोड ११ लाख सात हजार नौ सय चार रुपैयाँ खुद मुनाफा कमाएको छ । गत आवको सोही अवधिमा संस्थाको यस्तो नाफा दुई करोड ६० लाख ९८ हजार सात सय ९० रुपैयाँ रहेको थियो ।
हाल चुक्ता पुँजी एक अर्ब तीन करोड ४० लाख ६४ हजार चार सय १७ रुपैयाँ रहेको संस्थाले चालू आवको पहिलो त्रैमासमा पाँच अर्ब ५७ करोड ७० लाख ३१ हजार नौ सय आठ रुपैयाँ कर्जा प्रवाह गरेको छ । यस अवधिमा चार करोड ४८ लाख ३२ हजार ९१ रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा चार दशमलव ४४ प्रतिशत कर्जा निष्क्रिय देखिएको छ ।
गत आवको सोही अवधिमा भने संस्थाले छ अर्ब २७ करोड ५१ लाख २७ हजार सात सय ५९ रुपैयाँ कर्जा प्रवाह गर्दा छ करोड ४० लाख ८१ हजार चार सय ९५ रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । उक्त अवधिमा संस्थामा दुई दशमलव ५७ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो ।