काठमाडौं । दरम खोला हाइड्रो इनर्जी लिमिटेडको साधारण सेयर नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)मा सूचीकृत भएको छ । बुधबार सूचीकृत भएको यो सेयर बिहीबारबाट कारोबार गर्न सकिनेछ ।
कम्पनीले नेप्सेबाट पहिलो कारोबारको लागि एक सय ४२ रूपैयाँ ८१ पैसादेखि चार सय २८ रूपेयाँ ४३ पैसाको मूल्य रेन्ज पाएको छ । नेप्सेले पहिलो कारोबारको लागि कम्पनीको प्रतिसेयर नेटवर्थको तीन गुणासम्म मूल्य रेन्ज दिने गर्छ । कम्पनीमा सर्वसाधारण सेयरधनी समूहको ३८ प्रतिशत अर्थात् ३९ लाख ५० हजार कित्ता सेयर लगानी रहेको छ । यसैगरी संस्थापक सेयरधनी समूहको भने ६१ दशमलव ६७ प्रतिशत अर्थात् ६३ लाख ५५ हजार कित्ता सेयर लगानी रहेको छ ।