काठमाडौं । जगदम्बा मोबाइल्सले लगेज र ट्राभल एक्सेसरिज ब्रान्ड सफारीको कमलपोखरीस्थित सिटी सेन्टरमा पहिलो एक्सक्लुसिभ सोरुम औपचारिकरूपमा सञ्चालनमा ल्याएको छ ।
सफारी ब्रान्डको नेपालमा आधिकारिक वितरक तथा व्यवस्थापक शंकर ग्रुपअन्तर्गतको जगदम्बा मोबाइल्स रहेको छ । तीन सय ५० वर्गफुट क्षेत्रफलमा फैलिएको यो नयाँ सोरूमले नेपाली यात्रुहरुलाई नयाँ डिजाइन र यात्रामा सहज हुने किसिमका लगेज र ब्याकप्याकहरु उपलब्ध गराउने उद्देश्य राखेको छ । मजबुत बनावट, आकर्षक रङहरु र बहुउपयोगिताका लागि परिचित सफारीले आधुनिक यात्रुहरूका लागि स्टाइलिश र भरपर्दो हार्ड र सफ्ट लगेज, ब्याकप्याक, र ट्राभल एक्सेसरीहरूको सिरिजहरु उपलब्ध गराएको हो । शोरुम उद्घाटनको अवसरमा ग्राहकहरूले सम्पूर्ण खरिदमा सीमित समयका लागि ४० प्रतिशत विशेष छुट प्राप्त गर्न सक्नेछन् । काठमाडौँ सिटी सेन्टर स्टोरको शुभारम्भले सफारीको टिकाउपन, डिजाइन र मूल्यमा आधारित लगेजद्वारा यात्रुहरूलाई सशक्त बनाउने प्रतिबद्धतालाई पुनः पुष्टि गरेको छ ।