काठमाडौं, भदौ १४ कामना विकास बैंकका कर्मचारीहरूले पीसीआर परीक्षणमा विशेष छुुट पाउने भएका छन् । बैंकले सूरिया हेल्थ केयर प्रालिसँग सम्झौता गरेपश्चात् पीसीआर परीक्षणमा १५ प्रतिशत छुुट पाउने भएका हुुन् । सम्झौताअनुसार ग्राहकले आर्थिक सहुलियतसहित सहजरूपमा कोरोना परीक्षण गरी लाभ लिन सक्नेछन् । विश्वव्यापी महामारीको रूपमा फैलिरहेको कोरोना भाइरस (कोभिड १९)ले ल्याएको विषम परिस्थितिलाई मध्यनजर गर्दै बैंकले उक्त सेवा सुविधा उपलब्ध गराएको जानकारी दिएको छ ।