काठमाडौं । टिकटकले आफ्नो प्लेटफर्मलाई अझ सुरक्षित, सहयोगी र प्रयोगकर्ता–मैत्री बनाउन नयाँ फिचरहरू सार्वजनिक गरेको छ ।
टिकटकले हालै क्रिएटर केयर मोड नामक नयाँ फिचर लन्च गरेको हो । यो विशेषगरी कमेन्ट सेक्सनको व्यवस्थापनमा केन्द्रित छ । एकपटक एक्टिभेट गरेपछि यसले विशेष गरी क्रिएटरले पहिले रिपोर्ट गरेको वा हटाइदिएको कमेन्टका आधारमा अपमानजनक, धम्कीपूर्ण वा अभद्र कमेन्टहरूलाई स्वचालितरूपमा हाइड गर्ने कम्पनीले जनाएको छ । यसले क्रिएटरलाई कन्टेन्ट बनाउने समय कमेन्ट मोडेरेट गर्ने काममा खर्चिन नपरोस् भन्ने सुनिश्चित गर्नेछ । कम्पनीका अनुसार यो सुविधा स्मार्ट टेक्नोलोजीद्वारा चल्छ, यसले क्रियटरबाट सिकेर प्याटर्नहरू बुझेर सुरक्षित र सकारात्मक कम्युनिटी स्पेसको निर्माण गर्ने जनाइएको छ ।
साथै, कन्टेन्टलाई निरन्तर लाइभ स्ट्रिम गर्ने क्रियटरहरूका लागि टिकटकले सुधारिएको लाइभ म्युटिङ टुल लन्च गरेको छ । अबदेखि लाइभ स्ट्रिम गर्ने होस्टले अनुचित शब्द, वाक्यांश वा इमोजी प्रयोग गर्ने प्रयोगकर्तालाई च्याटमै म्युट वा ब्लक गर्न सक्छन् । होस्ट वा कुनै पनि मोडरेटरले कुनै शब्द वा इमोजी टुलमा टाइप गरेपछि त्यस्तो कमेन्ट च्याटमा देखिँदैन । यसअघि वा भविष्यमा त्यस्तो कमेन्ट गर्ने प्रयोगकर्ता अटोमेटिक रूपमा होस्टले चाहेको अवधिभर म्युट हुन्छन् । यो सुविधा विश्वभरका सबै क्रिएटरहरूका लागि उपलब्ध रहेको कम्पनीले जनाएको छ । लाइभका दौरान पटक पटक गरिने कमेन्ट म्युट र ब्लक गर्ने क्रियटरका लागि सक्रियरूपमा उपलब्ध हुनेछ । टिकटकको बल्क म्युट फिचरले लाइभमा हुने अन्तरक्रियालाई अझ नियन्त्रणयोग्य बनाउने र सम्मानजनक अन्तत्र्रिmया तथा कम्युनिटी निर्माण गर्न मद्दत गर्ने कम्पनीको दाबी छ । यसले क्रिएटर र दर्शक दुवैका लागि सुरक्षित, आकर्षक र रियल–टाइम कम्युनिटी स्पेस सुनिश्चित गर्नेछ ।
टिकटकले क्रियटरहरूका लागि उपयोगी हुने अर्को टुल कन्टेन्ट चेक लाइट पनि उपलब्ध गराएको छ, यो केवल वेबमा टिकटक स्टुडियोमार्फत चल्छ । यस फिचरले क्रिएटरहरूलाई आफ्ना भिडियोहरूको लिमिटेड रिचका कारण फर यू पेजमा नदेखिनेजस्ता समस्या छ कि छैन भनेर पोस्ट गर्नुअघि नै जाँच गरेर परिवर्तन गर्न सघाउने कम्पनीले जनाएको छ । यसरी क्रिएटरले सम्भावित समस्याहरू सुरुमै पहिचान गरी कम्युनिटी गाइडलाइन्सअनुसार कन्टेन्टमा सुधार र सिर्जनात्मक स्वतन्त्रता कायम गरेर पोस्ट गर्न सक्छन् । साथै, प्लेटफर्मले क्रेटर इनबक्स सुविधा दिएको छ, जुन एक प्रोफेसनल मेसेजिङ हब हो । योसँग छिटो जवाफका लागि टेम्पलेट र अनरिड÷स्टार गरिएका मेसेजका लागि बेग्लै फोल्डर उपलब्ध हुन्छन् । यी सबै टुलहरूमार्फत टिकटकले क्रिएटरहरूलाई अनलाइन कम्युनिटी निर्माणमा सुरक्षित, समर्थित र आत्मविश्वासी महसुस गराउन सहयोग गर्नेछ ।